२ पुस २०८२, बुधबार | December 18, 2025

गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिएकी मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग एमालेको आग्रह



काठमाडौं । नेकपा एमालेले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा योजना मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री यादवलाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।

बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष ुप्रचण्डु र ओली थिए । गौर नरसंहार दोहोर्‍याउने हिंसात्मक अभिव्यक्ति दिएकाले बर्खास्त गर्न अध्यक्ष ओलीले आग्रह गरेको एमाले महासचिव शंकर पोखरेलले बताए । ुगौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति मानवता विरुद्धको अपराध हो । त्यसैले मन्त्रीबाट बर्खास्त गर्नुस्ु ओलीले भनेका थिए ।

माघ पहिलो साता रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी थिइन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : ०७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल