२८ भदौ २०८३, आइतबार | September 13, 2026

छाङ्गरुका सुरक्षाकर्मीलाई सम्पर्कमै सास्ती



दार्चुला । अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ । नेपाल सरकारले भारतले अतिक्रमित गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थित गराइएको हो ।

सुरुमा सशस्त्र प्रहरी निरीक्षक लिली चन्दको कमान्डमा बोर्डर आउट पोस्ट ( बिओपी) स्थापना गरियो । बिओपी स्थापना गरेको छ महिनापछि गत असोजमा सरकारले त्यो क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै स्थापना ग-यो । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना भयो । भारतले अतिक्रमण गरेको कालापानीभन्दा झन्डै १४ किलोमिटर यतै सशस्त्र प्रहरी बसेको छ । अहिले सशस्त्र प्रहरीले कालापानी क्षेत्र र चीनसँग सीमा जोडिएको पिलर नं १ सम्म ड्युटी गर्ने गर्छ ।

छाङ्गरु गुल्मअन्तर्गत व्याँस गाउँपालिका–२ को दुम्लिङ र वडा नम्बर १ को तिङ्करमा बिओपी रहनेछन् । अहिले दुम्लिङमा सशस्त्र प्रहरी छ । तिङ्करमा भवन बने पनि सशस्त्र प्रहरी खटिएका छैनन् । छाङ्गरुमा सशस्त्र प्रहरी बसे पनि उनीहरुका लागि प्रभावकारी सञ्चार साधनसमेत छैन । छाङ्गरुका बासिन्दा बस्दासम्म भाइनेटमार्फत इन्टरनेट सुविधा थियो तर स्थानीयवासी जाडो छल्न गत जेठमा सदरमुकाम खलङ्गा झरेपछि अहिले सुरक्षाकर्मीले भारतीय सञ्चारको भर पर्नुपरेको छ ।

सशस्त्र प्रहरीका लागि नेपाल टेलिकमले दुईवटा ल्यान्डलाइन फोन छुट्टै जडान गरे पनि अत्यधिक हिमपात भएपछि त्यसले काम गर्दैन । मौसम सफा भयो भने त्यो फोनको लाइन सञ्चालन हुने त्यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन् ।

सुरक्षाकर्मीले कुनै खबर गर्नुप-यो भने अहिले सीमा पारि रहेका भारतीय एसएसबीको क्याम्प पुग्नुपर्ने बाध्यता रहेको छाङ्गरुका बासिन्दा बताउँछन् । भारतको छायालेकसम्म भारतीय सञ्चारको पहुँच राम्रो छ । विगतमा नेपालको सञ्चार सुविधा भारतीय सुरक्षाकर्मीले समेत प्रयोग गर्थे, स्थानीयवासीले भने, “अहिले भारतको सञ्चार सुविधा प्रयोग गर्नुपरेको छ ।”

ल्यान्डलाइनसँगै व्याँसमा नेपाल टेलिकमको स्काइको टावर छ । त्यो टावर पनि नियमित चल्न सकेन । दुई वर्षदेखि नमस्ते टावर छाङ्गरुमै निर्माणाधीन अवस्थामा छ । त्यो टावरमा उपकरण जडानमा ढिलाइ हुँदा व्याँसवासीले सञ्चार सेवाबाट वञ्चित हुनुपरेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहरा बताउँछन् । उनी भन्छन्, “नमस्ते टावरका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण गरिए पनि उपकरण जडान नहुँदा सञ्चार सेवा चल्न नसकेकोे हो ।”

गत साता आएको हिमपातका कारण अहिले व्याँससम्म पुग्न सकिने अवस्था छैन । त्यहाँ कार्यरत सुरक्षाकर्मीका अनुसार अहिले नेपाल टेलिकमले काम नगर्दा कहिलेकाहीँ सामाजिक सञ्जाल र कुनै खबर घरमा पु-याउनुप-यो भने भारतीय एसएसबीको क्याम्प पुग्छौँ । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, “यो भन्नुपर्ने विषय त हैन तर हाम्रो पीडा कसैले सुनिदिएन ।” -रासस

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  २ : २१ बजे

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा