१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एमसीसी संशोधनसहित विना सर्त स्वीकार गर्नुपर्छ : रेखा शर्मा, सांसद, माआवादी केन्द्र



अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम के हो ?

-एमसीसी अमेरिकाले नेपाललाई दिन लागेको एउटा अनुदान योजना हो । यसमा नेपालले पालना गर्नुपर्ने विभिन्न सर्त छन् । एमसीसी सम्झौताका केही बुँदाहरू नेपालको कानुनसँग बाझिएका छन् । नेपालको संसदबाट अनुमोदन गरेर लिनुपर्ने अनुदान भएकाले अमेरिकाले गर्न लागेको सहयोग मात्रै भन्दा पनि यसभित्र केही स्वार्थ लुकेको जस्तो देखिन्छ । ठूला राष्ट्रले दिएको अनुदान लिँदैनौ भन्ने कुरा भएन, तर यसलाई संशोधनसहित पारित गर्नुपर्छ । नत्र भने यो राष्ट्र र जनताको हितविपरीत हुन्छ ।

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता पढ्नु भएको छ ? सम्झौतामा के छ ?

-मैले एमसीसी सम्झौता पढेको छु । एमसीसी सम्झौतामा भएका केही बुँदा यदि हाम्रो नेपालको कानुनसँग बाझियो भने नेपालको संविधानको कानुन लागू नभई एमसीसी सम्झौताको कानुन लागू हुनेसम्मको अवस्था आउन सक्छ । त्यस अर्थमा यो राष्ट्रघाती सम्झौता हुन जानेछ । एमसीसी सम्झौता निःसर्त हुनुपर्छ । एमसीसी सैन्य संगठनको अथवा आइपिएसको एउटा अंग भनेर प्रचार भइरहेको छ । हैन भन्ने आधार र प्रमाण भए मात्रै नेपाल र नेपालीका लागि यो स्वीकार्य हुनेछ । एमसीसी संशोधनसहित विना सर्त स्वीकार गर्नुपर्छ । हामी अंसलग्न परराष्ट्र नीतिमा विश्वास राख्छौँ । त्यसो हुँदा देशमा विकास परियोजना भित्रिनुसम्म त ठिकै छ, तर सहयोग लिएकै कारण शक्तिराष्ट्रको स्वार्थमा चल्न, हेपिन, पेलिन हुँदैन ।

एमसीसीले नेपालको हित गर्छ कि गर्दैन ?

-एमसीसीलाई अहिलेकै अवस्थामा जस्ताको त्यस्तै लागू गर्न खोजियो भने हित गर्दैन । यसका केही बुँदा सच्याएर परिमार्जनसहित पारित गर्न सकियो भने नेपालको हितमा हुनेछ । नेपालको कानुनसँग बाझिने सम्झौतालाई हुबहु पारित गरियो भने राष्ट्रको हितविपरीत हुनेछ ।

एमसीसीलाई संसदले किन अनुमोदन गर्नुपर्छ वा गर्नु हुन्न ?

-एससीसीलाई संसद्ले अनुमोदन गर्नु हँुदैन । किनकि संसदबाट पारित गराएर एमसीसी सम्झौतालाई कानुनको बनाउँदा भोलि हामीलाई अप्ठेरो पर्न सक्छ । यसलाई कानुन नबनाई अन्य सहायता रकमजस्तै प्रयोग गर्न सक्नुपर्छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ५ : ०६ बजे

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो