८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पुनः साधारणसभा गर्न प्रशासनको रोक



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारणसभा गर्न सहमति दिन नसकिने निर्णय गरेको छ ।

सङ्घले गत पुस २८ गते पुनः साधारणसभाका लागि निर्देशन माग गरेकामा संस्थाको वैधानिक कार्यकाल समाप्त भइसकेको र पटक–पटक तोकिएको मितिमा साधारणसभा नगरेको देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले पुनः साधारणसभा गर्नका लागि सहमति दिन नसकिने निर्णय गरेको हो ।

कार्यालयले वर्तमान कार्यसमितिको कार्यकाल गत असोज ७ गते समाप्त भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले गत असोज ७ गते जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना र भौतिक दूरी कायम गरी निर्वाचनसहितका साधारणसभा गर्न अनुमति दिएको थियो ।

त्यसलगत्तै सङ्घले भदौ २३ गते कार्यालयलाई पत्र लेख्दै दशैँ, तिहार र छठपर्व पर्न गएको अवस्था देखाई गत मङ्सिर २७ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । तोकिएको समयमा साधारणसभा नगरी विभिन्न कारण देखाउँदै फेरि कात्तिक २५ गतेको सङ्घको कार्यसमिति बैठकले पुस २३ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । सो समयमा पनि साधारणसभा नगरी पुस ३० गतेका लागि सारिएको थियो । सारिएको मितिमा पनि साधारणसभा भएको थिएन ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ४ : ०२ बजे

पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको

मालढुङ्गा-बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौं । तपाई टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण