१ पुस २०८२, मंगलबार | December 16, 2025

वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पुनः साधारणसभा गर्न प्रशासनको रोक



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारणसभा गर्न सहमति दिन नसकिने निर्णय गरेको छ ।

सङ्घले गत पुस २८ गते पुनः साधारणसभाका लागि निर्देशन माग गरेकामा संस्थाको वैधानिक कार्यकाल समाप्त भइसकेको र पटक–पटक तोकिएको मितिमा साधारणसभा नगरेको देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले पुनः साधारणसभा गर्नका लागि सहमति दिन नसकिने निर्णय गरेको हो ।

कार्यालयले वर्तमान कार्यसमितिको कार्यकाल गत असोज ७ गते समाप्त भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले गत असोज ७ गते जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना र भौतिक दूरी कायम गरी निर्वाचनसहितका साधारणसभा गर्न अनुमति दिएको थियो ।

त्यसलगत्तै सङ्घले भदौ २३ गते कार्यालयलाई पत्र लेख्दै दशैँ, तिहार र छठपर्व पर्न गएको अवस्था देखाई गत मङ्सिर २७ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । तोकिएको समयमा साधारणसभा नगरी विभिन्न कारण देखाउँदै फेरि कात्तिक २५ गतेको सङ्घको कार्यसमिति बैठकले पुस २३ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । सो समयमा पनि साधारणसभा नगरी पुस ३० गतेका लागि सारिएको थियो । सारिएको मितिमा पनि साधारणसभा भएको थिएन ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ४ : ०२ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच