८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

विशेष कारण देखाउँदै माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बैठक अर्को सूचना नभएसम्मका लागि विशेष कारणबस स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

यसअघि माघ २८ र २९ गते काठमाडौंको प्रज्ञा भवनमा बैठक बस्ने तय भएको थियो । गत पुषमा महाधिवेशन गरेको माओवादीले केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन । महाधिवेशनपछि पटकपटक केन्द्रीय समिति बैठक बोलाईंदै स्थगित हुँदै आएको छ । जसका कारण पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो चयन गर्ने काम रोकिएको छ ।

भोलि बस्ने भनिएको बैठकमा एमसीसीबारे समेत छलफल गर्ने बताइएको थियो । एमसीसी मुख्यालयलाई अध्यक्ष प्रचण्डले गत असोजमा पत्राचार गरेको पत्र केही दिनअघि बालुवाटारले सार्वजनिक गरेपछि माओवादी भित्र तरंग फैलिएको छ । अधिकांश माओवादी नेताहरु एमसीसी परिमार्जन विना पारित गर्नै नहुने अडानमा रहेका छन् । महाधिवेशनले समेत एमसीसी परिमार्जन विना गर्न नसकिने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले पठाएको पत्रमा एमसीसी पारित गराउन सकारात्मक भूमिका खेल्ने उल्लेख गरिएको थियो । सो पत्रमा एमसीसीका बुँदा परिमार्जनबारे कुनै विषय उठाइएको थिएन ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ४ : २४ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली