१५ भदौ २०८३, सोमबार | August 31, 2026

प्रधानसेनापति शर्माले गरे तिंङ्कर सडकको निरीक्षण



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंङ्कर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज उक्त सडकको हेलिकोप्टरमार्फत निरीक्षण गरेका हुन् ।

प्रधानसेनापति शर्माले तिंङ्कर सडकको हवाई निरीक्षण गरेको सैनिक निर्देशनालयले जनाएको छ । निरीक्षण भ्रमण पूर्व उनले सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल गरेका थिए ।

दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले २८ माघमा कञ्चनपुरको गड्डाचौकीस्थित नेपाली सेनाद्वारा निर्माणाधीन होल्डिङ सेन्टरको अवलोकन गर्ने कार्य योजना रहेको बताइएको छ ।

व्यास गाउँपालिकाको तुसर पानीदेखि कोठेधारसम्म चार किलोमिटर र कोठे धारदेखि तिंङ्करसम्मको ८७ किलोमिटर सडकखण्डको जिम्मा सेनालाई दिइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : २० बजे

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना