७ माघ २०८२, बुधबार | January 21, 2026

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ : वनमन्त्री यादव



महेन्द्रनगर । वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताएका छन् ।

आज कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित शुक्लाफाँटा, जोगबुढा र लालझाँडी कम्प्लेक्समा बाघ गणनाको उद्घाटन समारोहमा मन्त्री यादवले बाघ पाइने संरक्षित क्षेत्र र जैविक मार्गमा बन्ने संरचना वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरेर वन्यजन्तु संरक्षणलाई विशेष प्राथमिकतामा राख्न लागिएको जानकारी दिए ।

उनले मुलुकमा बाघ पाइने निकुञ्ज तथा वनलाई तीनवटा कम्प्लेक्समा विभाजन गरेर गत मङ्सिर १९ गते चितवनबाट गणना थालिएको बताए । मुलुकको पर्यटन वन्यजन्तु पर्यटनमा केन्द्रित रहेको हुँदा आगामी दिनमा बाघको बासस्थानको गुणस्तरमा सुधार, निकुञ्ज बाहिर रहेका बाघको बासस्थान अतिक्रमणबाट जोगाउनेमा जोड दिइएको बताए ।

“बाघ, गैँडा, हात्तीलगायतका महत्वपूर्ण वन्यजन्तुको विचरण तथा आनाबानीमा असर नपर्ने गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने र सरोकारवालबीच समन्वयलाई प्रभावकारी बनाइने बताउनुभयो । सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य यस सर्वेक्षणले यकिन गर्ने बताए ।

“मानव र बाघबीचको सदयौँदेखि अन्तरसम्बन्ध रहँदै आएको छ”, मन्त्री यादवले भने, “बाघको सांस्कृतिक महत्वसमेत छ ।” प्रकृतिको बरदानका रूपमा रहेको बाघ मानवीय क्रियाकलापबाट लोप हुने अवस्थामा पुगेको उनको भनाइ थियो ।

“बासस्थान मासिनु, आहारा प्रजातिको कमी र चोरी शिकारी बाघ संरक्षणका मुख्य चुनौती हुन्”, उनले भने, “बाघको बासस्थानमा भौतिक संरचना निर्माणकार्यले थप चुनौती थपिएको छ ।” बाघ संरक्षण कार्ययोजना तयार गरी बाघ संरक्षण एकीकृत एवं व्यवस्थित गरिँदै लगेको मन्त्री यादवको भनाइ थियो ।

पर्यापयर्टनसित प्रत्यक्षरूपमा जोडिएको बाघको संरक्षण गरी यसबाट पाउने लाभलाई धेरैभन्दा धेरै समुदायमा पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्न मन्त्री यादवले निर्देशन दिए । आफू वन मन्त्रालयको कार्यभार सम्हालेपछि वन्यजन्तुको चोरी शिकारी नियन्त्रण, नदीजन्य पदार्थको दोहनमाथि नियमन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत वन्यजन्तुको बासस्थान संरक्षण तथा व्यवस्थापनका कार्यमा जोड दिएको बताए ।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघ गणना २१ दिनसम्म सञ्चालन हुने बताए। उनले गणनामा ५२० वटा स्वचालित क्यामेरा जडान गरिनुका साथै ७० प्राविधिकसहितको कर्मचारी टोली परिचालित हुने बताए ।

शुक्लाफाँटामा १९०, लालझाँडी–ब्रह्मदेव क्षेत्रमा २१४ र डडेल्धुराको जोगबुढा क्षेत्रमा ११६ वटा स्वचालित क्यामेरा जडान हुने प्रमुख संरक्षण अधिकृत मेहताले बताए । राष्ट्रिय बाघ गणनाअन्तर्गत हुन लागेको गणना उद्घाटन समारोहमा मन्त्री यादवसँगै वन मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेललगायतका व्यक्तिको सहभागिता थियो ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ३ : ४९ बजे

प्रचण्डको रुकुम पूर्वमा मोर्निङ वक र घरदैलो अभियान, जनयुद्धकालीन स्थलको अवलोकन गर्दै सहिद परिवारसँग भेट

रुकुमपूर्व । पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका

प्रतिनिधिसभा निर्वाचन : नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

तानसेन । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचनका लागि सुनसरीमा निर्वाचन प्रहरीको शारीरिक परीक्षण, मागभन्दा बढी आवेदन

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा