१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

तिलोत्तमामा उत्कृष्ट १० उद्यमी छनोट



बुटवल । उद्यमशिलताको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले गतवर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दायित्व नामक संस्थासंग सुरु गरेको नगरप्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम यसवर्ष पनि संचालन गरिएको छ।

दायित्वले नगरपालिकासंगको सहकार्यमा सुरु गरेको उक्त कार्यक्रमका लागि गतवर्ष जस्तै यस वर्ष पनि १ सय २५ जना साना तथा घरेलु उद्यमीहरुले आवेदन दिएका थिए। ६ महिना अघि आवेदन दिएका १ सय २५ लाई विभिन्न तालिम, उनिहरुले संचालन गरेको उद्यमको अनुगमन तथा मूल्यांकनको आधारमा उत्कृष्ट ४० र २० गर्दै उत्कृष्ट १० उद्यमी छनोट गरिएको हो।

दायित्वका लुम्बिनी प्रदेश संयोजक कमल थापाले तिलोत्तमा नगरपालिका भित्र उद्योग सञ्चालन गरेर उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउदै आएकाहरुलाई प्रोत्साहन गर्ने र उद्यमशिलताको विकास गर्ने उद्देश्यले यसप्रकारको कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् । थापाले उत्कृष्ट १० जनाबाट पनि एकजना उत्कृष्ट छनोट गरि १ लाख रुपैया पुरस्कार प्रदान गरिने जानकारी दिए । उत्कृष्ट १० उद्यमीलाई पनि जनही २५ हजारका दरले लगानीका लागि बिचकोष प्रदान गरिएको छ। उक्त कोष आफ्नो व्यवसायको कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल धेरै प्राप्त गर्न सकिन्छ प्राथमिकताको आधारमा सोहि क्षेत्रमा लगानी गर्नुपर्ने थापाले बताए ।

उत्कृष्ट १० उद्यमीमा छनोट हुनेहरुमा तिलोत्तमा १ मा थापा कृषि फर्मका सुमित्रा थापा दगामी, तिलोत्तमा १ कै शुभला अचार व्यवसायका कमला कुवंर केसी, मालिका व्यवसायिक पशुपालन फर्मका चक्र बहादुर खत्री, तिलोत्तमा २ को नवदुर्गा फुड ईण्डष्ट्रिजका मन्जु भुसाल र तिलोत्तमा ३ को नालन्दा हेण्डी क्राफ्टका केशरी थापा छन् । त्यसैगरि तिलोत्तमा ७ को न्यू गण्डकी पशु फमर्का गुरुप्रसाद पंगेनी, तिलोत्तमा १० को पोखरेल पशुपालन फर्मका गणेश प्रसाद पोखरेल, वडा नं। १४ को गरार एकिकृत पशुपंक्षी तथा कृषि फर्मका कर्णमायां पुन, दाजुभाई पशुपंक्षी तथा कृषि फर्मका कर्ण बहादुर विक र वडा नं। १५ को पुन कृषि तथा पशुपालन फर्मका दिलीप कुमार पुन उत्कृष्ट १० उद्यमीमा छनोट भएका छन् ।

तिलोत्तमा नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत गंगाराम आचार्यले नगरपालिकाले उद्यमशील तिलोत्तमाको परिकल्पनासहित नगरप्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। तिनचार वटा चरणमा छनोट हुंदै उत्कृष्ट १० उद्यमी छनोट गरिएको र यसबाट पनि सर्वोत्कृष्ट छनोट गरिने भएकोले आफ्नो व्यवसायलाई अझै व्यवस्थीत बनाउन लाग्न उहांले आग्रहसमेत गरेका छन ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : ३३ बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान