काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ गठबन्धनका सांसदहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीस जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए ।
गुरुङका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेको उनले बताए ।
प्रधान्यायाधीस जबरा विरुद्ध तीनमहिना बढी समयदेखि कानूनव्यवसायीहरुले आन्दोलन गरिरहेका छन् ।
[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/02/maha-aviyog.pdf” title=”maha aviyog”]



















प्रतिक्रिया