१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

न्यायालयको समस्या समाधानमा प्रधानन्यायाधीशले निकास नदिएपछि महाअभियोग : प्रचण्ड



जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्या समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिच्छुक भएपछि उनी विरुद्ध महाअभियोग लगाएको बताएका छन् ।

आइतबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति हटाउन प्रधानन्यायाधीश राणाले पहल नगरेपछि उनलाई हटाउन महाअभियोग लगाइएको बताएका हुन् । प्रचण्डले न्यायालयमा देखिएको समस्या समाधान गर्न उनले नै पहल गरून् भन्ने गठबन्धनको चाहना भए पनि उनले त्यसो नगरेको जिकिर गरे । ‘न्याय क्षेत्रमा देखिएका अन्योल, अराजकता र बेथितीको निकास प्रधानन्यायाधीशले दिनुपर्ने भए पनि उनले निकास नदिएपछि संवैधानिक बाटोबाट निकास दिन लागेको हो’, प्रचण्डले भने ।

प्रचण्डले न्यायालयको बेथितीका लागि मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै हुनुपर्ने बताए। उनले भने, ‘झन् पछि झन् न्याय क्षेत्र विवादित हुने, अराजक हुने, झन् अन्योलग्रस्त हुने देखिएपछि एउटा वैधानिक, संवैधानिक र लोकतानित्रक बाटोबाट समस्याको निकास गर्ने भनेको महाअभियोग नै हुन्छ । त्यसमा गठबन्धनमा आम सहमति पनि भयो र हामीले त्यो दर्ता गर्‍यौं ।’

प्रचण्डले राणामाथि महाअभियोग लगाउने विषयमा सत्तारूढ गठबन्धनका सबै दलहरू सहमत भएको दाबी गरे । यसबाट गठबन्धनलाई अझ बलियो बन्ने उनले विश्वास व्यक्त गरे । ‘महाअभियोग लगाउनेमा सबैको सहमति छ। यसले गठबन्धनलाई अझ बलियो बनाउँछ,’ प्रचण्डले भने।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : ३९ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको