२० मंसिर २०८२, शनिबार | December 6, 2025

दीपककुमार कार्की बने कामुप्रधानन्यायाधीश



काठमाडौं । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् ।

संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतस् निलम्बित हुने हुँदा कार्की पनि स्वतस् कामुप्रधानन्याधीश बनेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी०का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् ।

यता, आफु विरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सो पत्र बुझेर सर्वोच्चबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  २ : २७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति