२० मंसिर २०८२, शनिबार | December 7, 2025

लुम्बिनी प्रदेशको राजधानीका गतिबिधि बुटवलबाट, स्थापना दिवस भने दाङमा



बुटवल । प्रदेश राजधानीका सबै गतिबिधि अस्थायी राजधानी बुटवलबाट संचालन भएपनि लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस भने संसदले तोकेको दाङको देउखुरीमा मनाउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दाङमा मनाउन लागिएको स्थापना दिवस मनाउने तयारी पुरा भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभुति प्राप्त गर्ने संस्था र व्यक्तिहरु, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरुलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिए । प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पुर्ण घर्ती सहित क्याबिनेट मन्त्रीहरुको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरुले गरेको प्रगति प्रतिबेदन, प्रदेशको डकुमेन्ट्रि सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने उनले बताए ।

उनले प्रदेश स्थापना दिवससँगै जनयुद्ध दिवसका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिन नसकेकोमा दुःख व्यक्त गर्दै बिदा दिएकोमा मधेश प्रदेश सरकारलाई धन्यबाद दिए । मन्त्री शर्माले संसदले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिबिधि दाङमा हुन अश्वाभाविक नभएको बताए ।

प्रदेशको राजधानी देउखुरी तोकिएपनि अहिले सम्म प्रदेश सरकारले देउखुरीमा न त जग्गा प्राप्त गर्न सकेको छ न त राजधानीको गुरु योजना (डीपीआर) नै तयार भएको छ । जबर्जस्ती सारिएका २ वटा मन्त्रालयको सबै काम कारवाही पनि बुटवलबाटै संचालन भइरहेका छन् । सरकारले बिना पूर्वाधार शहरी विकास र स्वास्थ्य मन्त्रालय देउखुरीमा सार्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ४ : ०५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल