१९ असार २०८३, शुक्रबार | July 3, 2026

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा



दाङ । माघे संक्रान्ती तथा थारु समुदायको महान् पर्व माघको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । शुक्रबार परेको माघे संक्रान्ती र माघ पर्वलाई लक्षित गर्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

लुम्बिनी प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सार्वजनिक सूचनाअनुसार माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिएको थियो । सोही निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्था, विद्यालय तथा स्थानीय तहका कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।

माघे संक्रान्तीलाई सूर्य उत्तरायण प्रवेश गर्ने दिनका रूपमा मनाइन्छ भने थारु समुदायका लागि माघ पर्व नयाँ वर्षको प्रारम्भ र सामाजिक-सांस्कृतिक रूपमा विशेष महत्व बोकेको पर्व हो । यस अवसरमा थारु समुदायले परम्परागत नाचगान, भेषभूषा, भोजभतेर तथा पारिवारिक जमघटसहित पर्व मनाउने गर्दछन् ।

प्रदेश सरकारले सांस्कृतिक विविधता, सामाजिक सद्भाव र समुदायको पहिचान संरक्षणलाई ध्यानमा राख्दै माघे संक्रान्ती तथा माघ पर्वमा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ४९ बजे

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल