५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा



दाङ । माघे संक्रान्ती तथा थारु समुदायको महान् पर्व माघको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । शुक्रबार परेको माघे संक्रान्ती र माघ पर्वलाई लक्षित गर्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

लुम्बिनी प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सार्वजनिक सूचनाअनुसार माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिएको थियो । सोही निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्था, विद्यालय तथा स्थानीय तहका कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।

माघे संक्रान्तीलाई सूर्य उत्तरायण प्रवेश गर्ने दिनका रूपमा मनाइन्छ भने थारु समुदायका लागि माघ पर्व नयाँ वर्षको प्रारम्भ र सामाजिक-सांस्कृतिक रूपमा विशेष महत्व बोकेको पर्व हो । यस अवसरमा थारु समुदायले परम्परागत नाचगान, भेषभूषा, भोजभतेर तथा पारिवारिक जमघटसहित पर्व मनाउने गर्दछन् ।

प्रदेश सरकारले सांस्कृतिक विविधता, सामाजिक सद्भाव र समुदायको पहिचान संरक्षणलाई ध्यानमा राख्दै माघे संक्रान्ती तथा माघ पर्वमा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ४९ बजे

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को