२० मंसिर २०८२, शनिबार | December 7, 2025

लुम्बिनी प्रदेश सरकारको स्थापना दिवस, आज प्रदेशभर सार्वजनिक बिदा



बुटवल । लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो ।

कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम केसीले जानकारी दिए ।

उनका अनुसार स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिलाई मात्र आमन्त्रण गरिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको हाताभित्र बिहान ११ बजे मनाउन लागिएको स्थापना दिवसको तयारी पूरा भएको शर्माले जानकारी दिए । स्थापना दिवस मनाउनकै लागि प्रदेशका सबै मन्त्री तथा प्रदेश प्रमुख दाङ पुगिसकेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभाका सभामुख पूर्णबहादुर घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने छ ।

लुम्बिनी प्रदेशसभाले १७ महिना अगाडि प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा गरेको थियो । तर स्थायी राजधानीमा संरचना नहुँदा बुटवलबाटै प्रदेश सरकारले कामकाज सञ्चालन गर्दै आएको छ । स्थायी संरचना नबनेसम्म मन्त्रालयहरु सार्न नहुने दवाव सत्तारुढ गठबन्धभित्रै छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : २६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल