५ भदौ २०८३, शुक्रबार | August 21, 2026

लुम्बिनी प्रदेश स्थापना दिवस : सार्वजनिक बिदा, देउखुरीमा कार्यक्रम



बुटवल । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ । मुलुक संघीय संरचनामा गएपछि लुम्बिनी प्रदेश सरकार स्थापना भएको दिन हो, आज । यो अवसरमा प्रदेश सरकारले स्थापना दिवस मनाउने भएको हो ।

आज दिउँसो राप्ती उपत्यका देउखुरीमा औपचारिक समारोहको आयोजना गरेर दिवस मनाउने तयारी प्रदेश सरकारले गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसलाई भव्य बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिए । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । स्थानीय झाँकी प्रदर्शन सहित प्रदेश सरकारले घोषणा गरेको बिभिन्न मानपदवी तथा सम्मानबाट विभूषित गरिने प्रदेश सरकारले कार्यक्रम तय गरेको छ ।

देउखुरी उपत्यकामा गरिने विशेष समारोहको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गर्दैछन । प्रदेश राजधानी बुटवलमा दाङ स्थानान्तरण गरेपछि प्रदेश सरकारले देउखुरीमा दोस्रो पटक स्थापना दिवस मनाउन थालेको हो ।

२०७४ साल फागुन ३ गते लुम्बिनीमा पहिलो पटक सरकार गठन भएको थियो । यो पाँच वर्षको अवधिमा प्रदेशमा तीनवटा सरकार बनेका छन् । मुख्यमन्त्री लीला गिरीले प्रदेशमा १० मन्त्रालय बनाएका छन् ।

२०७८ साउन २७ गते तत्कालीन एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार विस्थापन गरी कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै लुम्बिनीमा मन्त्रालयको संख्या बढाइएको थियो । २०७४ को निर्वाचनपछि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैँसँग राखेर पाँचवटा मन्त्रीसहितको मन्त्रिपरिषद् बनाए ।

पछि राजनीतिक उत्तारचढावसँगै नौ मन्त्रालय र एक राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिमण्डल बनेको थियो । नेकपा माओवादीका केसी मुख्यमन्त्री भएपछि भागबन्डा पुर्‍‍याउन नौबाट मन्त्रालयको संख्या बढाएर १३ र चार राज्यमन्त्री गरेर १७ सदस्यीय जम्बो मन्त्रिमण्डल बनेको थियो ।

मुख्यमन्त्री लीला गिरीले अवको पाँच वर्ष जनताको जिविकोपार्जन बढाउन प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ३९ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

साउनमा लुम्बिनी प्रदेशमा ४१८ सवारी दुर्घटना, ३५ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा साउन महिनामा ४१८ वटा सवारी दुर्घटना

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट