५ भदौ २०८३, शुक्रबार | August 21, 2026

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन सङ्कलन



दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ । राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो ।

सुरुआतमा उक्त वडाको सुन्दर नगर टोलका ४० जग्गाधनीबाट निवेदन सङ्कलन सुरु गरिएको आयोजना प्रमुख शङ्कर सुवेदीले बताए । “राजधानी क्षेत्रमा जग्गा एकीकरणको काम अघि बढेको छ”, उनले भने, “पहिलो चरणमा हामीले ४० जग्गाधनीको निवेदन सङ्कलन गरेका छौँ, यो क्रम नियमितरूपमा अगाडि बढ्नेछ ।”

प्रदेश पूर्वाधार प्राधिकरणद्वारा सञ्चालित जग्गा एकीकरण आयोजनाले उक्त जग्गा एकीकरणका लागि पहिलो चरणमा उनीहरूबाट सो निवेदन सङ्कलन गरेको हो । राप्ती–२ मा करिब ६५ बिघा जग्गा छनोट गरी कार्य अघि बढाइएको छ ।

उनका अनुसार जग्गा एकीकरणका लागि वडाको प्रत्येक टोलबाट निवेदन सङ्कलन गरिनेछ । लामो समयदेखि राजधानी क्षेत्रको जग्गा फुकुवा नहुँदा स्थानीय वासिन्दा समस्यामा पर्दै आएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १ : ३३ बजे

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, वरिष्ठ नेता शाह बैठक छाडेर मुस्ताङ प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

साउनमा लुम्बिनी प्रदेशमा ४१८ सवारी दुर्घटना, ३५ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा साउन महिनामा ४१८ वटा सवारी दुर्घटना

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती