५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एमसीसी बिरूद्धको नेपाल बन्द : बुटवलबाट नेकपाका जिल्ला सदस्य नविन थारुसहित ९ जना पक्राउ



बुटवल । बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा सहित ६ दलीय मोर्चाद्धारा आव्हान गरिएको नेपाल बन्द गर्न आव्हान गर्ने क्रममा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदीसहित ९ जना ९ जना कार्यकर्ता पक्राउ परेका हुन ।

थारु सहित, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो, बन्द गर्न आव्हान गर्दै हिडेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् । लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरु साथै सहरका मुख्य बजार बन्द छन् । विद्यालयले भने बुधबारका लागि मंगलबार नै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।

लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बन्दकर्ताहरुले बन्द साँझ ५ बजेसम्म जारी रहने बताएका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलहरुले एमसिसी अनुमोदन गर्न तयारी थालेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ५५ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत