७ पुस २०८२, सोमबार | December 22, 2025

थप ४० प्रदर्शनकारी पक्राउ, हालसम्म ९० जना पक्राउ



काठमाडौँ । प्रहरीले थप ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको नगर प्रहरी कार्यालयमा राखिएको छ ।

भर्खरै नयाँ बानेश्वर क्षेत्रबाट प्रदर्शनकारी पक्राउ परेको र उनीहरूको यकिन संख्या आउन बाँकी रहेको कार्यालयका प्रवक्ता तथा एसएसपी किशोरसिंह राठौरले बताए । यसअघि बिहान ५० जना पक्राउ परेका थिए । उनीहरूमध्ये अधिकांश बन्दकर्ता छन् । केही भने प्रदर्शनकारी छन् ।

गृह मन्त्रालयले आज एमसीसीको विरुद्धमा रहेका दलहरूले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो । सोही कारण आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : ३३ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले