३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

दाङ पुगेर रविले भने- मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्



दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट हटाइए पनि जनताको मनबाट हटाउन नसकिने बताएका छन् । शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई लक्षित गर्दै यस्तो चुनौती दिएका हुन् ।

घोराही दाङ क्षेत्र नम्बर-२ अन्तर्गत पर्छ, जहाँबाट एमालेका तर्फबाट पोखरेल उम्मेदवार छन् । सोही क्षेत्रको चुनावी सभामा बोल्दै लामिछानेले आफू सुशासन र पारदर्शिताको पक्षमा काम गरिरहेकै बेला षड्यन्त्रपूर्वक संसद्बाट हटाइएको दाबी गरे ।

“रास्वपा जनताको पक्षमा र सुशासनको पक्षमा उभिने पार्टी हो । हामी सरकारमा रहेर काम गरिरहेका बेला ‘बा’ र उनका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए,” उनले भने, “संसद्बाट निकाल्नुभयो, अब सक्छौँ भने जनताको मनबाट हटाएर देखाउनुहोस् ।”

उनले भ्रष्टाचारविरुद्ध फाइल खोल्ने तयारी गरिरहेको अवस्थामा आफूलाई मध्यरातमा पक्राउ गरी जेल पठाइएको आरोपसमेत लगाए । “सुशासनका पक्षमा काम गर्दै गरेको सांसदलाई, भ्रष्टाचारको फाइल खोल्न लागेका बेला प्रहरीको बुट बजार्दै जेल पुर्‍याउनेहरू यही क्षेत्रबाट चुनाव उठेको सुनेको छु,” उनले भने ।

लामिछानेले आफूलाई जेल पुर्‍याउने शक्तिलाई आगामी फागुन २१ गते हुने निर्वाचनबाटै जनताले जवाफ दिने दाबी गरे । उनले उक्त निर्वाचनलाई सुशासन र भ्रष्टाचारविरुद्धको जनमत संग्रहका रूपमा चित्रण गर्दै मतदातासँग समर्थन मागे ।

उनको अभिव्यक्तिपछि सभास्थलमा समर्थकहरूले नाराबाजीसमेत गरेका थिए । चुनावी अभियान तीव्र भइरहेका बेला दाङमा राजनीतिक आरोप-प्रत्यारोप अझ चर्किएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ५ : ०० बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा