१६ भदौ २०८३, मंगलबार | September 1, 2026

टी-२० विश्वकप छनौट : नेपालको विजयी सुरुवात, ओमानविरुद्ध सानदार जित



काठमाडौं । घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा सानदार जित निकालेको छ ।

११८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानका कुनै पनि ब्याटर चल्न सकेनन् ।

ओमानका नसिम खुसीले सर्वाधिक २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।

नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान दुई(दुई विकेट लिँदा अविनाश बोहरा र जितेन्द्र मुखियाले समान एक विकेट लिए ।

यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रनको सामान्य योगफल तयार पार्‍यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ रन बनाए । यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ३ : १३ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,