२६ माघ २०८२, सोमबार | February 9, 2026

दिगो पर्यटन प्रबर्धनमा नबिल बैंकले सहकार्य गर्ने



काठमाडौ । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुच प्रबर्धन गर्ने उद्येश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्क बीच सम्झौता भएको छ ।

कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्येश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले यस सम्झौताले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तरास्ट्रिय समुदायमा अझ बढि फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने आशा व्यक्त गरे । कम्युनिटी होमस्टे नेटवर्क एक सामाजिक उद्यम हो जसले नेपालमा सामुदायिक होमस्टेहरूको नेटवर्कलाई प्रबर्धन गर्दछ ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौता मार्फत नबिल बैंकले उद्यमशीलता विकास र दिगो पर्यटन प्रबर्धनमा टेवा पुग्ने आशा लिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : ३० बजे

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।

निर्वाचन आउन २४ दिन बाँकी : आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल