१६ भदौ २०८३, मंगलबार | September 1, 2026

लगातार जितको दाउमा नेपाल



काठमाडौं . आइसीसी टी- २० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिबार (आज) फिलिपिन्सविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितसहित एक खेल अगावै सेमिफाइलनमा पुग्ने लक्ष्यमा हुनेछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो ।

शनिबार जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ ।

प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ११ : २२ बजे

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा

बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटियो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र