८ माघ २०८१, मंगलबार | January 21, 2025

कुशल भुर्तेलको शतकमा नेपालद्वारा फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । कुशल भुर्तेलको करिअरकै पहिलो शतकको मद्दतमा नेपालले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट क्रिकेट अन्तर्गत दोस्रो खेलमा फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो ।

नेपालका लागि अविजित रहेका कुशलले १०४ रन बनाए । उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे । यता, मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ८३ रनको आक्रमक इनिङ्स खेले । उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।

फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि पारस खड्का र आरिफ शेख १४५ रनको कीर्तिमान साझेदारी गरेका थिए । जसलाई कुशल र दीपेन्द्रले तोडेका छन् ।

पारस र आरिफले सन् २०१९ मा सिंगापुरविरुद्धको खेलमा दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए । यता, कुशल मल्लले १० बलमा २ चौकासहित १२ रन बनाए ।

घाइते शरद भेषावकर र विवेक यादवको स्थानमा मल्ललाई मौका दिइएको थियो। तर, उनले जमेर खेल्न सकेनन् । उनलाई फिलिपिन्सका मिग्गि पोडोस्केले चौथो ओभरको दोस्रो बलमा मुजाम्मिल शहजादको हातबाट क्याच आउट गराए ।

त्यसअघि दोस्रो ओभरमा आसिफ शेखले शून्य रनमै विकेट गुमाए। फिलिपिन्सका तीव्र गतिका बलर ड्यानियल स्मिथले आफ्नो पहिलो ओभरको पहिलो बलमै आसिफलाई गोल्डेन डकआउट गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ३४ बजे

सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ

पार्टी प्रवेश गर्नेहरुलाई माओवादी अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा

सगरमाथा संवादको घोषणा गरिँदै

सगरमाथा संवादको घोषणा गरिँदैकाठमाडौं । सरकारले आगामी जेठ पहिलो साता

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ ।

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड