१६ भदौ २०८३, मंगलबार | September 1, 2026

कुशल भुर्तेलको शतकमा नेपालद्वारा फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । कुशल भुर्तेलको करिअरकै पहिलो शतकको मद्दतमा नेपालले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट क्रिकेट अन्तर्गत दोस्रो खेलमा फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो ।

नेपालका लागि अविजित रहेका कुशलले १०४ रन बनाए । उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे । यता, मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ८३ रनको आक्रमक इनिङ्स खेले । उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।

फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि पारस खड्का र आरिफ शेख १४५ रनको कीर्तिमान साझेदारी गरेका थिए । जसलाई कुशल र दीपेन्द्रले तोडेका छन् ।

पारस र आरिफले सन् २०१९ मा सिंगापुरविरुद्धको खेलमा दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए । यता, कुशल मल्लले १० बलमा २ चौकासहित १२ रन बनाए ।

घाइते शरद भेषावकर र विवेक यादवको स्थानमा मल्ललाई मौका दिइएको थियो। तर, उनले जमेर खेल्न सकेनन् । उनलाई फिलिपिन्सका मिग्गि पोडोस्केले चौथो ओभरको दोस्रो बलमा मुजाम्मिल शहजादको हातबाट क्याच आउट गराए ।

त्यसअघि दोस्रो ओभरमा आसिफ शेखले शून्य रनमै विकेट गुमाए। फिलिपिन्सका तीव्र गतिका बलर ड्यानियल स्मिथले आफ्नो पहिलो ओभरको पहिलो बलमै आसिफलाई गोल्डेन डकआउट गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ३४ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र