३२ असार २०८३, बिहिबार | July 17, 2026

कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस



जनकपुरधाम । मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन ।

२०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएको पाँचवटा बस सञ्चालन नभएर लामो सयमदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ । मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरिएको थियो । तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुदाँ बस अहिले खुल्ला अकाशमुनि थन्काएर राखिएको छ ।

खुल्ला अकाशमुनि राखिएको बसको रङ डिस्कलर हुनुको साथै ब्याट्री, इन्जिन, टायरलगायतका खराब हुँदै गएको छ । बस सञ्चालनका लागि फेरि लाखौ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको एक जानकारले बताए ।

बस खरिद गरिए पनि चालक, बसको भाडा दर तथा बस सञ्चालनका लागि आवश्यक नीति निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले जोड दिन सकेको छैन । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बस खरिद गरेका थिए । तर नेपाली कांग्रेसका नेता रामसरोज यादव मन्त्री भएपछि उनले बस सञ्चालनमा खासै तादरुकता देखाउन सकेका छैनन् । प्रदेश सरकारले आफैं बस सञ्चालन गरेमा खर्च बढी लाग्ने भएकाले बस सञ्चालनसम्बन्धी निर्णय अझै हुन सकेको छैन ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव दिपककुमार दासले भने, ‘बस खरिद गर्नुभन्दा त्यसको सञ्चालनको कार्यविधि तथा कसरी चलाउने विषय स्पष्ट हुनुपथ्र्यो । तर त्यस्तो गरिएन, त्यसैले बस अहिले त्यत्तिकै राखिएको छ । बससम्बन्धी नयाँ कार्यविधि बने पनि त्यसको विधान समितिबाट अहिलेसम्म पास नभएकाले बस थन्केको हो ।’

सचिव दासले प्रदेश सरकारले आफै बस चलाउन नसक्ने स्पष्ट पारे । बस चलाएमा प्रदेश सरकारलाई थप आर्थिक भार पर्न जाने उनको भनाइ छ । बस सञ्चालनभन्दा पनि त्यसलाई लिजमा दिएर वा कुनै प्रतिष्ठाननलाई दिने विषयमा छलफल भइरहेको सचिव दासले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : १६ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना