२५ चैत्र २०८२, बुधबार | April 8, 2026

डिशहोमले गर्यो महेन्द्रनगरमा डिलर दाइहरुलाई सम्मान



काठमाडौ । डिशहोमले महेन्द्रनगरमा डिलर दाइहरुलाई सम्मान गरेको छ । महेन्द्रनगरमा डिश होम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने, महेन्द्रनगरका केपि ईन्टरप्राईजेज, महेन्द्रनगरका बेताल मोबाईल ग्यालरी र महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफरलाई उपहार र प्रमाण पत्र प्रदान गरेको छ ।

महेन्द्रनगर सर्बिश सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरेको कम्पनीले जनाएको छ ।

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरेका छन् ।

कार्यक्रममा कैलाली र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

डिशहोम फाइबरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १०एमबीपीएस निशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ३२ बजे

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट, बजारमा सकारात्मक संकेत

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमण

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने, इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।