९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

आजदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै



काठमाडौं । नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) काे नवाैं बैठक आज बुधबार काठमाडाैंमा बस्दैछ ।

निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिवआलोककुमारले गर्नेछन् ।

समितिकाे बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि काेराेना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन ।

बैठकको पहिलो दिन आज नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी)को बैठक बस्नेछ, याे । बैठकले टुंगो लगाएका विषय दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेस हुनेछन् ।

नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव राखिनेछ भने नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ ।

नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएकाे छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : ३२ बजे

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीको निर्देशन

लुम्बिनी । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष

दुई समुदायबीच तनाव चर्किएपछि रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरका विभिन्न क्षेत्रमा

केपी ओलीको आरोप – ‘रास्वपा चुनाव भाँड्ने दिशामा लाग्यो’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

सप्तरीमा एमालेको झण्डा जलाउने एक निर्वाचन प्रहरी पक्राउ

सप्तरी । सप्तरीमा एक जना निर्वाचन प्रहरीले नै एमालेको चुनाव

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा