३ पुस २०८२, बिहिबार | December 19, 2025

मोदीसँग टेलिभिजन बहस गर्न तयार छु : पाकिस्तानी प्रधानमन्त्री इमरान खान



इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् ।

७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच तीन ओटा युद्ध भइसकेका छन् ।

‘मलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिभिजन बहस गर्न मन छ,’ रसिया टुडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भने । बहसमार्फत समस्या समाधान भएमा भारतीय उपमहाद्धीपमा एक अर्बभन्दा बढी मानिसहरुलाई फाइदा हुने उनको तर्क छ ।

प्रधानमन्त्री खानले रुसको भ्रमण गर्नु एक दिनअघि टेलिभिजन अन्तर्वार्ता दिएका हुन् ।  भारतसँगको सम्बन्धको बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री खानले कश्मीर विवाद समाधान गर्न आफ्नो सरकारले सत्तामा आएपछि तुरुन्तै भारतसँग सम्पर्क गरेको स्मरण गरे। यद्यपि नाजीबाट प्रेरित नस्लवादी विचारधाराले भारतलाई कब्जा गरेको भन्दै उनले खेद व्यक्त गरे।

अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री खानले पाकिस्तान कुनै अन्तराष्ट्रिय गुटको हिस्सा बन्न नचाहेको बरु जनतालाई गरिबीबाट बाहिर निकाल्न सबै देशसँग व्यापारिक सम्बन्ध राख्न चाहेको बताए ।

उनले विगतमा यही गुटको राजनीतिका कारण विगतमा पाकिस्तानले दुःख पाएको स्मरण गरे । खानले अमेरिका, चीन र रुसबीचको सहकार्यले द्वन्द्वभन्दा पनि मानव जातिलाई धेरै फाइदा हुने उल्लेख गरे ।

उनले युक्रेन समस्याको शान्तिपूर्ण समाधानको आशा व्यक्त गरे । उनले सैनिक द्वन्द्वले समस्या समाधान नहुने दोहोर्‍याए।

प्रधानमन्त्रीले पाकिस्तान रुससँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन चाहेको र मस्को भ्रमणको प्रतिक्षामा रहेको बताए ।

उनले पाकिस्तान ग्यास अभाव भएको देश भएको बताए । उनले पाइपलाइन निर्माणका लागि वार्ता गरिरहेका रुसी कम्पनीमाथि अमेरिकी प्रतिबन्धका कारण आफुहरुको उत्तर दक्षिण ग्यास पाइपलाइन निर्माणमा ढिलाइ भएको बताए ।

उनले इरानमाथिको प्रतिबन्ध फुकुवा भए पाकिस्तानलाई छिमेकी देशबाट सस्तो ग्यास पाउन मद्दत गर्ने बताए ।

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ५० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको