९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालमा सात महिनामा एक अर्बभन्दा बढीको मास्क भित्रियो



काठमाडौं । नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिना ९साउनदेखि माघसम्म०को अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रीएका छ ।

उक्त मूल्यमा ११ करोड २३ लाख ४६ हजार ७३५ थान फेस मास्क नेपाल भित्रिएको विभागले जनाएको छ ।

नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका, भियतनाम र नामिबियाबाट फेस मास्क खरिद गरेको छ ।

नेपालले चीनबाट ७६ करोड ३० लाख १६ हजार रुपैयाँ, डेनमार्कबाट १३ करोड ७३ लाख २० हजार रुपैयाँ, हंगेरीबाट ४ करोड २० लाख ९ हजार रुपैयाँ, भारतबाट एक करोड ४६ लाख एक हजार रुपैयाँ, सिंगापुरबाट एक करोड ९२ लाख ३२ हजार रुपैयाँ र अमेरिकाबाट २ करोड ७५ लाख ७१ हजार रुपैयाँको फेस मास्क ल्याएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको फेस मास्क ल्याएको थियो । कोरोना महामारीका कारण फेस मास्को आयात बढेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : २७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय