४ पुस २०८२, शुक्रबार | December 19, 2025

माओवादीले बोलायो वरिष्ठ नेताहरूको आकस्मिक बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौमा उपलब्ध वरिष्ठ नेताहरूको आकस्मिक बैठक बोलाएको छ । एमसीसीका कारण उत्पन्न अवस्था र सरकारमा सहभागिताको एजेण्डामा निर्णय गर्न आकस्मिक बैठक बोलाईएको माओवादी स्रोतले जनाएको छ ।

बैठकका लागि माओवादी नेताहरु प्रचण्ड निवास खुमलटारमा भेला हुन थालेका छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका नेताहरु खुमलटार पुगिसकेका छन् भने अन्य नेताहरु पनि खुमलटार पुग्दै गरेको स्रोतले जनाएको छ ।

बैठकमा एमसीसीको विपक्षमा मतदान गर्नु अघि सरकारबाट बाहिरिने विषयमा निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

‘सम्भवत आजै माओवादीले सरकार छाड्छ ।’ स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले जरीपनि एमसीसी पास गर्ने गरि रणनीति बनाए पछि माओवादीमा दवाव परेको हो । सरकारमै रहेर विपक्षमा मतदान गर्ने विषयमा प्रधानमन्त्री देउवाले असहमति जनाएपछि माओवादीले सरकारबाट बाहिरिने मनस्थिती बनाएको बताइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : ३१ बजे

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त