३१ बैशाख २०८१, सोमबार | May 14, 2024

दोस्रो संस्करणको ग्लोबल मिडिया कप फुटसलको तयारी पुरा



बुटवल । ग्लोबल आवाजको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । मित्रता र संचार सम्बन्धका लागि खेल भन्ने नारासहित दोस्रो संस्करणको प्रतियोगिता फागुन २० गते शुक्रबार हुने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गरि ग्लोबल संचारगृहका प्रबन्धक निर्देशक गौतम भुषालले प्रतियोगिताको तयारि पूरा भएको बताए । प्रबन्ध निर्देशक भुषालले संचारकर्मीहरुलाई एकआपसमा मित्रता बढाउन र अनुसाशित बनाउन गरि खेलको माध्यमबाट जोड्न चाहेको बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछन भने उपविजेता टिमले १५ हजार नगद, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक डिबि सुस्लिङले बताए । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार ५ सय,कप, मेडल, प्रमाणपत्र तथा विद्यागत रुपमा सर्वाधिक गोलकर्ता, गोररक्षक,फरवार्ड एवं अनुसासित टिमलाई समेत पुरस्कृत गरिने उनले बताए ।

भलबारीस्थित सनराईज फुटसल एरिनामा हुने प्रतियोगिता सम्पन्न गर्न ४ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ । शुक्रबारसम्म एक दर्जन टिम दर्ता भैसकेको उनले बताए ।

कार्यक्रममा राससका पुर्व अध्यक्ष डा बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेल, हाईलाईफ प्रालिका प्रबन्ध निर्देशक पंकज ज्ञवाली लगायतले भावनात्मक एकता कायम गराउन प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

गतवर्ष देखि शुरु भएको प्रतियोगिताको पहिलो संस्करणको विजेता बुद्ध टेलिभिजन रहेको छ ।

प्रतियोगितालाई टेन स्टिल्सको मुख्य प्रायोजक, सहप्रायोजक हाईलाईफ, अफिसियल बैक साइन रेसुङ्गा, टेलिभिजन राज्य टिभि र न्युज पेपर बुटवलटुडे दैनिकले गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  २ : १० बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक