२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

विश्व बैंकले पाँच वर्षभन्दा माथिका बालबालिकालाई कोरोना खोप खरिद गर्न नेपाललाई २.१४ अर्ब ऋण दिने



काठमाडौं । नेपाल र विश्व बैंकबीच आज एक सम्झौतापत्रमा हस्तक्षार भएको छ । सम्झौता अनुसार विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए ।

उक्त सहयोग पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाइने खोप खरिदमा खर्च गरिने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड–१९ इर्मजेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम प्रिपियडनेस परियोजना’ मार्फत विश्व बैंकले दिने रकम खर्च गरिनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  २ : ३७ बजे

जेठ १ गतेदेखि काठमाडौं महानगरभित्रका एक लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

काठमाडौं । स्वास्थ्य बिमा गराएका, काठमाडौं महानगरपालिकाभित्रका १ लाख बिमितको

प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाअधिवेशन प्रारम्भ भएको