१० श्रावण २०८३, आइतबार | July 27, 2026

देशभित्र ‘एमसीसी’ विवादित हुँदा वैदेशिक सहायतामा पर्यो असर, दाताले दिने सहायतामा आयो ४०.९ प्रतिशतले गिरावट



काठमाडौं । देशभित्र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० लाई लिएर राजनीतिक दलहरु विभाजित हुँदा त्यसको असर नेपाल भित्रने वैदेशिक सहायतामा परेको छ ।

देशका प्रमुख राजनीतिक दलहरु एमसीसी सहयोग लिने वा नलिने भन्नेमा लामो समयदेखि विवाद गरिरहँदा नेपाल भित्रने वैदेशिक सहायता प्रतिवद्धतामा ठूलो गिरावट आएको हो ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना [साउनदेखि पुससम्म] मा नेपालले मात्र १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सुरुवाती ६ महिनामा नेपालले प्राप्त गरेको वैदेशिक सहायता प्रतिवद्धता ४०.९ प्रतिशतले खुम्चिएको छ । अर्थात अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालले ७६ अर्ब ५८ करोड ४० लाख कम वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा नेपालले कूल १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो ।

२०७८ साउन महिना यता नेपालले सबैभन्दा बढी वैदेशिक सहायता प्रतिवद्धता पुस महिनामा प्राप्त गरेको छ । गत कात्तिक महिनामा नेपालले कुनै पनि प्रकारको सहायता प्रतिवद्धता प्राप्त गरेन ।

चालु आर्थिक वर्षको साउनमा २ अर्ब ३६ करोड ३० लाख रुपैयाँ, भदौमा ४१ अर्ब ९५ करोड ६० लाख रुपैयाँ, असोजमा ११ अर्ब ६२ करोड ३० लाख रुपैयाँ, मंसिरमा ८ अर्ब २१ करोड १० लाख रुपैयाँ र पुसमा ४६ अर्ब ७० करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये १ खर्ब ४ अर्ब ऋण सहायता र ६ अर्ब ८५ करोड ६० लाख रुपैयाँ अनुदान सहायता रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को साउनमा ५४ अर्ब ९३ करोड ५० लाख रुपैयाँ, भदौमा २९ अर्ब १३ करोड ६० लाख रुपैयाँ, असोजमा १ अर्ब ३२ करोड ४० लाख रुपैयाँ, कात्तिकमा ५ अर्ब १५ करोड २० लाख रुपैयाँ, मंसिरमा ४५ अर्ब ५६ करोड ३० लाख रुपैयाँ र पुसमा ५१ अर्ब ३२ करोड ७० लाख रुपैयाँ नेपालले वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले प्राप्त गरेको कूल वैदेशिक सहायता प्रतिवद्धतामा १ खर्ब ६९ अर्ब ३१ करोड १० लाख रुपैयाँ ऋण सहायता र १८ अर्ब १२ करोड ५० लाख रुपैयाँ अनुदान सहायता रहेको थियो ।

चालु आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमशः ६.२ प्रतिशत र ९३.८ प्रतिशत रहको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ९.७ प्रतिशत र ९०.३ प्रतिशत रहेको थियो ।

कूल वैदेशिक सहायता प्रतिवद्धतामध्ये बजेट सहायता ४२.१ प्रतिशत, स्वास्थ्य २३.१ प्रतिशत, शिक्षा १४.३ प्रतिशत, कृषि १०.५ प्रतिशत, उर्जा ६.५ प्रतिशत र अन्यमा ३.६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : २२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले