८ बैशाख २०८३, मंगलबार | April 21, 2026

फुटको संघारमा जसपाः भट्टराई र यादवबीच चर्काचर्की



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र विवाद चर्किएको छ । फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको हो ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहबीच चर्काचर्की भएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु भएसँगै चर्काचर्की सुरु भएको हो । डा. भट्टराईले पार्टी विधानअनुसार सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषय पनि बैठकको एजेन्डा बनाउनुपर्ने अडान राखेका थिए । तर, अध्यक्ष यादवले सामूहिक र समानुपातिक नेतृत्वको विषय बैठकको एजेन्डा बनाउन नसकिने अडान राखेपछि करिब एक घण्टाको चर्काचर्कीसँगै यादव सो विषयलाई एजेन्डा बनाउन सहमत भएका थिए ।

यादव सामूहिक र समानुपातिक नेतृत्व प्रणालीबारे छलफलको एजेन्डा बनाउन सहमत भएपछि सुरु भएको बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले बताए ।

यही विषय उठाउँदै भट्टराईले बैठक बोलाउन माग गरेपछि यादव बैठक राख्न समेत सहमत थिएनन् । लामो समयपश्चात् बैठक राख्न सहमत भए पनि उनी बैठकको एजेन्डा बनाउन नहुने पक्षमा थिए ।

जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामक दल महन्थ ठाकुर र राजेन्द्र महतोले गठन गरेपछि जसपामा एक अध्यक्ष रिक्त छ । ठाकुर र यादव दुई जना जसपाको अध्यक्ष थिए । रिक्त एक अध्यक्षमा कसैलाई ल्याउन नहुने अडान यादवले राख्दै आएका छन् । तर, विधानअनुसार रिक्त अध्यक्षसहित कार्यकारिणी समितिको सदस्य समेत पूर्ति गर्नुपर्ने पक्षमा भट्टराई रहेका छन् ।

सामूहिक तथा समानुपातिक नेतृत्व प्रणालीको विषय बैठकको एजेन्डा बन्ने सहमतिसँगै अन्य एजेन्डा तय भएको हो । बैठकको सुरुमा भट्टराई र यादवले आफ्ना धारणा राखेपछि बैठक अन्य एजेन्डामा प्रवेश गरेको हो ।

बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता, एमसीसी सम्झौता, संगठनात्मक कार्यको समीक्षा र समायोजन, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समीतिका सदस्यहरुको जिम्मेवारी बाँडफाँड, पार्टी विधान सम्मेलन, सामूहिक र समानुपातिक नेतृत्व प्रणालीलगायतका एजेन्डामा छलफल सुरु भएको प्रवक्ता डम्बर खतिवडाले बताए ।

प्रवक्ता खतिवडाका अनुसार बैठकको पहिलो दिन स्थानीय निर्वाचन तथा पार्टी दर्ता विषयमा निर्णय भएको छ । बाँकी अन्य एजेन्डामा शनिबार पुनः छलफल हुने उनले बताए ।

जसपा कार्यकारिणी समितिका सदस्य रामनरेश यादवले एमसीसी सम्झौतालगायतका विषयमा शनिबार छलफल हुने बताए । कार्यकारिणी समितिका सबै सदस्यलाई सम्झौताको प्रतिलिपि अध्ययनका लागि दिएको बताउँदै उनले शनिबारको बैठकमा धारणा राखेपछि निर्णय हुने बताए ।

एमसीसी सम्झौतालाई संसद्बाट पारित गर्नुपर्ने पक्षमा भट्टराई खुलेर लागेका छन् । तर, यादवले एमसीसी सम्झौता याथास्थितिमै संसद्बाट पारित गर्न नहुने अडानमा छन् । यस विषयमा समेत बैठकमा गम्भीर रूपमा छलफल हुने बताइएको छ ।

जसपाले अहिलेसम्म औपचारिक रूपमा पक्ष वा विपक्षमा उभिने पक्षमा निर्णय गर्न सकेको छैन । जसपाबाटै विभाजन भएर गठन भएको लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

जसपाको कार्यकारिणी समितिमा ३४ जना रहेका छन् । स्रोतका अनुसार बहुमत सदस्यले एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने पक्षमा आफ्नो धारणा राख्नेछन् । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : २२ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई