२४ असार २०८३, बुधबार | July 9, 2026

बाबुराम भट्टराईले गरे पूर्व मुख्यसचिव पौडेललाई प्रश्न- आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घिउ थप्ने ?



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व मुख्यसचिव लीलामाणि पौडेलमाथि द्वन्द्वको भूमरीमा मलजल गरेको आरोप लगाएका छन् ।

पूर्वराजदुत समेत रहेका पौडेलले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले अर्थ सचिवको सरुवादेखि यसको पक्षमा वकालत गर्नेहरुलाई पैसा बाँडेको टिप्पणी गरेका थिए । पौडेल अहिले नेकपा (माओवादी केन्द्र)मा आवद्ध छन् ।

सोही टिप्पणीप्रति संकेत गर्दै डा. भट्टराईले उनलाई गम्भीर बन्न समेत आग्रह गरेका छन् ।

‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घिउ थप्ने ? एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरूवीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्दको भूमरीलाई मलजल गर्ने? सबै गम्भीर बनौं !,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

पचास करोड अमेरिकी डलरको एमसीसीलाई लिएर अहिले देश भित्र जनमत विभाजित बनेको छ । एमसीसीकै कारण सत्तारुढ दलहरुबीच मतभेद बढेको छ ।

सत्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस हालकै अवस्थामा एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । सत्तारुढ अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने पक्षमा छन् ।

भट्टराईको पार्टी जनता समाजवादी पनि एमसीसीलाई लिएर विभाजित छ । भट्टराई पक्षधर नेताहरु एमसीसी हालकै अवस्थामा अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरु संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : ४२ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको