काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध नसकिएको बताएका छन् । शनिबार बिहान काठमाडौँमा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु अहिले रक्तपातविहीन जनयुद्धमा रहेको बताएका हुन् ।
“अहिले हामी रक्तपातहीन युद्धमा छौँ । युद्ध रोकिएको छैन,” उनले भने । प्रचण्डले पार्टीले सत्ता गठबन्धन जोगाउने अन्तिम कसरत गरिरहेको जनाए ।
उनले एमसीसीको समस्या समाधान होस् र गठबन्धन पनि नटुटोस भनेर आफूहरु लागिपरेको बताउँदै भने – “गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिरहेका छौँ,”
एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस भनेर छलफल भइराखेको प्रचण्डले बताए ।



















प्रतिक्रिया