९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

बाबुराम भट्टराईले प्रचण्डलाई भने- एमसीसी पारित गर्न नसघाउने भए तत्काल सरकार छाड्नुहोस्



काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता पास नगर्ने भए माओवादी केन्द्रले तत्काल सरकार छाड्नुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै लिएर भट्टराईले एमसीसी पास गराउन सहयोग नगर्ने भए सरकारमा बसिरहनुको कुनै औचित्य नभएको पनि बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले संसद्‌बाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि प्रचण्डलाई चेतावनी दिए ।

एमसीसी सम्झौता संसद्‌मा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने भट्टराईको भनाइ छ ।

‘कि त तपाईंले यसलाई साथ दिनोस् । १३८ (सांसद संख्या) पुर्‍याएर पारित गर्नोस्। होइने भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाइँदैन। पहिलो विकल्प, तपाईंले साथ दिनुहोस् । होइन भने तपाईं जानोस्, त्यसको ठाउँमा अर्को आउँछ,’ भट्टराईले प्रचण्डको नाम लिँदै भने ।

आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौता पारित गराउन लागिपरेको पनि भट्टराईको भनाइ छ । मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले एमसीसी पारित गरेर जानुपर्ने भट्टराईको तर्क छ ।

एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए ।

‘यो एमसीसी सहमतिबाट पछाडि हट्दा ठूलो संकट हामीसँग आइपर्दैछ । त्यसलाई राष्ट्रिय सहमति बनाएर जानुपर्छ । यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ,’ भट्टराईले भने ।

भट्टराईले नेपालले चीन, भारत र अमेरिका लगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ३० बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय