६ श्रावण २०८३, बुधबार | July 22, 2026

ठूलो परिमाणमा रेडपाण्डाको छाला सहित ३ जना पक्राउ



दाङ । दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु ५ थान रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । ठूलो मात्रमा हिमाली क्षेत्रबाट बन्यजन्तुको ओखेटोपहार रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

राप्ती गाउँपालिका १ भालुवाङ–प्यूठान सडक खण्डमा प्रतिबन्धित रेडपाण्डाको छाला विक्रि वितरण गर्न लागेको सूचना आधारमा प्रहरीले रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका ३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका ७ बस्ने वर्ष १९ का राम कुमार पुन मगरलाई पक्राउ गरिएको दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

पत्रक्राउ परेका ३ जनाबाट प्रहरीले ५ थान रेडपाण्डाको छाला बरामद गरेको एसपी काफ्लेले बताए । उनले पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको जनाए ।

लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु गम्भिर विषय भएको भन्दै उनले बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रुपमा यसको कारोबार हुने गरेको छ ।

पक्राउ परेका ३ जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : २८ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९