२२ मंसिर २०८२, सोमबार | December 8, 2025

ठूलो परिमाणमा रेडपाण्डाको छाला सहित ३ जना पक्राउ



दाङ । दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु ५ थान रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । ठूलो मात्रमा हिमाली क्षेत्रबाट बन्यजन्तुको ओखेटोपहार रेडपाण्डाको छाला सहित ३ जनालाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

राप्ती गाउँपालिका १ भालुवाङ–प्यूठान सडक खण्डमा प्रतिबन्धित रेडपाण्डाको छाला विक्रि वितरण गर्न लागेको सूचना आधारमा प्रहरीले रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका ३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका ७ बस्ने वर्ष १९ का राम कुमार पुन मगरलाई पक्राउ गरिएको दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

पत्रक्राउ परेका ३ जनाबाट प्रहरीले ५ थान रेडपाण्डाको छाला बरामद गरेको एसपी काफ्लेले बताए । उनले पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग कारोबार गरि अन्यत्र लैजाँदै गरेको बुझिएको जनाए ।

लोपोन्मुख हुन लागेको रेडपान्डा यति ठूलो परिमाणमा मारिनु गम्भिर विषय भएको भन्दै उनले बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रुपमा यसको कारोबार हुने गरेको छ ।

पक्राउ परेका ३ जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : २८ बजे

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन