१ पुस २०८२, मंगलबार | December 16, 2025

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाकाे सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही वाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थान तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ ।

राति उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । साेमबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ०५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज