काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वरबाट फर्कन थालेका छन् ।
एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार भने प्रदेर्शन नगर्ने भएका हुन् । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन् । पार्टी निर्णय नहँदा सम्म सडकमा जम्म हुँदै गरेका कार्यकर्ताहरु पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेसँग सडक छाडेर फर्कन थालेका हुन् ।
बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् ।
एमसीसीमाथि छलफल गर्न आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।



















प्रतिक्रिया