९ फाल्गुन २०८२, शनिबार | February 22, 2026

झलनाथ खनालले भने- एमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्छ



काठमाडौं । एकीकृत समाजवादीका सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौतासँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एमसीसी र एमसीए नेपालसँग भएका सबै सम्झौता अध्ययनका लागि संसदमा पेस गर्नुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै उनले ५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभीमान माथि नउठाउने बताए ।

‘सर्तहरु राखेर नेपालको स्वाभीमान तलमाथि पारेर सहयोग दिइन्छ भने नेपाललाई एक पैसा पनि चाहिन्न,’ खनालले भने, ‘जुन सहयोग सम्मानका साथ दिइन्छ, नेपालको स्वाभीमानलाई सम्मान गरेर दिइन्छ त्यो जहिले पनि हामी स्वागत गर्छौं ।’

उनले अहिले देशभत्त नेपाली जनता एमसीसीविरुद्ध सडकमा उत्रेको बताए । देशको स्वधिनता र सार्वभौमसत्ताका विषयमा बोलिरहेका जनतामाथि प्रशासनले लाठी बर्षाएको उनले जनाए ।

‘देशलाई बचाउ भनेर आवाज उठाउने देशभक्त माथि जुन दमन भएको छ , म त्यसको निन्दा गर्दछु,’ उनले भने ।

एमसीसी सम्झौता सर्तैसर्तको सम्झौता भन्दै उनले राष्ट्रलाई घात गर्ने अनुदान सम्झौताको एक पैसा पनि लिन नहुने बताए । उनले नेपालमा धेरै स्रोत रहेको भन्दै आफैंले यस्ता आयोजना पूरा गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ४५ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय