७ बैशाख २०८३, सोमबार | April 21, 2026

लुम्बिनी प्रादेशिक अस्पतालले मनायो ११२ औं वार्षिकउत्सव, आजैबाट ४० बेडको आईसीयू संचालनमा



बुटवल । बुटवलमा संचालनमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल आज १ सय १२ वर्ष पुगेको छ । अस्पतालले ११२ वर्ष पुगेको अवसरमा बिबिध कार्यक्रम गरि अस्पतालको वार्षिक उत्सव मनाएको छ । वार्विक उत्सवकै अवसरमा अस्पतालमा आजबाट ४० बेडको आईसीयू र ५० बेडको मेडिकल वार्ड पनि संचालनमा ल्याईएको छ । आजबाट संचालनमा आएका ती वार्डहरुको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले उदघाटन गरे ।

वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरबको अस्पतालको रुपमा विकास गरिने बताए । उनले अबको ५ वर्ष भित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा राष्ट्रिय स्तरको मात्र नभएर अन्तराष्ट्रिय स्तरको हुने दाबी पनि गरे ।

अस्पतालको विकासको लागि ५ खर्ब ९९ करोड लागत लाग्ने गुरु योजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको जानकारी दिंदै मुख्यमन्त्री केसीले अवका दिनमा उपचारको लागि भारत तथा तेश्रो मुलुक जानु पर्ने समस्याको हल हुने दाबी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले अस्पताल भित्र प्रवेश गरेका बिरामी सेवा नपाएर फर्कन नपर्ने गरि अस्पतालले सेवा विस्तार गर्दै गएको बताए । उनले बुटवल र बुटवल आसपासका दुर्गम पहाडबाट आउने बिरामीहरुलाई एक पटक लुम्बिनी प्रादेशिक अस्पतालमा भित्राएर मात्र अन्यत्र लैजान आग्रह गर्दै सेवा पाएनौं भन्ने गुनासो नरहने गरि काम अगाडी बढाइएको बताए ।

वार्षिकउत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आईतबार आयोजना गरिएको मुल समारोहका अस्पतालका कर्मचारीकाबीच भएको अतिरिक्त क्रियाकलपमा सफल कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

दैनिक २ हजार भन्दा वढि विरामीले सेवा लिने सो अस्पतालले सरकारले तोकेका सबै सेवा हरु निशुल्करुपमा संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : २६ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका