९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

महाशिवरात्रिमा मध्यरातीबाटै सिद्धबाबा दर्शन गर्नेको घुईँचो



बुटवल । आज महाशिवरात्रि । पाल्पा र रुपन्देहीमा रहेको सिद्धबाबा मन्दिरमा बिहानै देखि घुँइचो लागेको छ । पाल्पाको तिनाउ गाँउपालिकामा रहेको मन्दिरमा मध्यरातीबाटै दर्शनार्थिहरुको लाईन लागेको थियो । पाल्पा, गुल्मी, स्याङ्जा र अर्घाखाँचीदेखि मपन्दर दर्शन गर्न आउनेको सिद्धबाबामा भिड लागेको छ ।

पुजा र दर्शनलाई व्यवस्थित गराउन सोमबारदेखि नै ठुलो संख्यामा स्वयमसेवक सहित प्रहरी परिचालन गरिएको छ भने पहाडी सांघुरो बाटो भएकाले ट्राफिक व्यवस्थापन गर्न मध्यरातीबाटै ट्राफिक प्रहरी तैनाथ गरिएको छ ।

सिद्धबाबा मन्दिर स्थापनाका विषयमा फरक फरक किम्बदन्ती रहँदै आएका छन् । एकजना बालब्रह्मचारी वि.सं. २०१२ सालमा बुटवलदेखि नजिकै पाल्पा जिल्लाको दोभान भन्ने ठाउँमा बसोबास गर्दथे । कलान्तरमा बुटवलदेखि पाल्पा तम्घास मोटरबाटो खन्न शुरु गरिएपछि बालब्रह्मचारी देवनन्दन ढकालले दोभान गाविस– ५ मा पर्ने मोटरबाट नजिकै एउटा ओढारमा बसी तपस्या गर्न शुरु गरे ।

ब्रह्मचारीले १२ वर्षसम्म अन्न नखाई तपस्या गर्दा उक्त ठाउँमा शिवशक्ति उत्पन्न भएको कारण तुरुन्तै मन्दिर निर्माण गरी सिद्धबाबा नाम राखिएको भन्ने पनि एकाथरि जन विश्वास रहेको छ ।

२००६ साल पहिले नै सिद्धबाबा मन्दिर रहेको समेत धेरैको दाबी रहँदै आएको छ । सिद्धबाबा शिवजीको मन्दिर हो । यो सिद्धबाबा मन्दिरसँग भारतका उज्जैनका राजा भतृहरिको सम्बन्ध जोडिन्छ । भतृहरि राजपरिवारमा खटपट परेपछि तपस्या गर्न भनी सिद्धबाबा रहेको स्थानको शिव मन्दिरमा आएकोमा उनलाई सोही स्थानमा सिद्धि प्राप्त गरेको कारण सिद्धी प्राप्त स्थानलाई सिद्धबाबा नामाकरण गरि मन्दिर बनाइदिएको भन्ने पनि किवंदन्ती रहेको छ ।

सिद्धबाबामा भारतको उत्तरप्रदेश र बिहारबाट समेत भक्तजनहरु दर्शन गर्न आउने गरेका छन् । पाल्पामा रहेको सिद्धबाबामा आउजाउ गर्न निकै कठिन सडक भएको भन्दै रुपन्देहीको चिडिया खोला पनि सिद्धबाबाको मन्दिर स्थापना गरिएको छ । सानो सिद्धबाबाको नामले चिनिने सो मन्दिरमा पनि शिवरात्रि पुजनका लागि दर्शनार्थीको भिड लागेको छ ।

फोटो : स्वस्तिक श्रेष्ठ

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ८ : ०१ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय