४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपनि त्यसबारे आफ्नो धारणा राख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

ओलीले एमसीसी लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन मंगलबार दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा हुने बताइएको छ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पनि आजै पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने पार्टीले जनाइएको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो पत्रकार सम्मेलनमार्फत एमसीसी किन पास गर्नुपर्यो भन्नेबारेमा प्रष्ट पारेका थिए ।

गत १५ फागुनमा प्रतिनिधिसभा बैठकबाट ‘व्याख्यात्मक घोषणा’सहित बहुमतले एमसीसी पारित भएको भोलिपल्ट अर्थात सोमवार सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत नै अनुमोदन गराउनुपर्ने कारणका बारेमा प्रस्टीकरण दिइसकेका छन् ।

बिगतमा ‘सुरक्षा रणनीति’ अन्तर्गत रहेको भन्दै संसोधन र परिमार्जन बिना अनुमोदन हुन नसक्ने अडान राख्दै आएको माओवादी केन्द्रले सोमबारबाट एमसीसी ‘आर्थिक सहायता परियोजना’ मात्रै भएको प्रस्टीकरण दिइसकेको छ ।

एमसीसी सम्झौतालाई जस्ताकोतस्तै अनुमोदन गरेमा फरक नपर्ने भन्ने कांग्रेसले पनि बहुमतले अनुमोदन गर्न सहयोग गरेको भन्दै धन्यवाद दिएको छ, भने सोमबार नै बसेको कांग्रेस नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले ‘भ्रम चिर्दै’ एमसीसी पारित गराउन सहयोग गरेको भन्दै औपचारिक रुपमा नै आभार प्रकट गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको