७ श्रावण २०८३, बिहिबार | July 23, 2026

उपत्यकामा रात्रिकालीन व्यवसाय : न मापदण्ड न त अनुगमन



काठमाडौं । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्ड अनुसार चलेको छ, न त यसको अनुगमन नै हुने गरेको छ । त्यसैले यस्तो व्यवसाय सुरक्षाका दृष्टिले जोखिमपूर्ण र संवेदनशील बन्दै गएको छ ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमन्त मल्ल रात्रिकालीन व्यवसाय जोखिमयुक्त हुने भएकाले कडा नियम र अनुगमन पनि गर्नुपर्ने बताउँछन् । उनले यसमा प्रहरीबाट अनुगमन नियमन गर्नुभन्दा पनि सम्बन्धित व्यवसायी र तीनका सङ्गठनले नै व्यवसायलाई मर्यादित राख्नेबारे सोच्नुपर्ने पनि बताए । उनले यस्ता व्यवसायलाई जथाभावी स्वीकृति नदिएर कुनै पकेट क्षेत्रमा मात्र सञ्चालन गर्न दिए सुरक्षा दिन सहज हुने पनि उल्लेख गरे ।

रात्रिकालीन व्यवसाय दर्ताको समस्या बेग्लै छ । कुनै कम्पनी रजिस्ट्रारको कार्यालयमा त कुनै घरेलु तथा साना उद्योग कार्यालयमा र केही जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छन् । रात्रिकालीन व्यवयायअन्तर्गतको नेपाल लोकदोहोरी सङ्घ नेपालका अध्यक्ष विनोद श्रेष्ठका अनुसार विभिन्न निकायमा दर्ता रहेका यी सबै व्यवसाय एकत्रित सूचीकरण नहुँदा अनुगमनलगायतका कार्यमा समस्या छ । समग्रमा सुरक्षासँग सम्बन्धित अनुगमन गर्ने कार्य जिल्ला प्रशासन कार्यालयको हो । आजको गोरखापत्र दैनिकमा मित्र भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ५९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी