७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सशस्त्र प्रहरीमा जागिर खान उत्तरपुस्तिकामा चिट नै स्टिच, हर्कत गर्ने पाँच परीक्षार्थीलाई लोकसेवाले लगायो एक वर्षे प्रतिबन्ध



काठमाडौं । सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्को परीक्षार्थीको विवरण राख्ने तथा चिट चोरी गरेको पाइएपछि लोकसेवाले ती पाँच परीक्षार्थीको लिखित परीक्षा रद्द गरेको हो । साथै आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने निर्णय आयोगले गरेको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिकाका प्रकाश श्रेष्ठले उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरी अर्को परीक्षार्थीको विवरण लखेको पाइएको आयोगले जनाएको छ ।

त्यस्तै, सर्लाहीका रवी रन्जनले चिट चोरेको पाइएको छ भने जाजरकोटका जयबहादुर बढाले सिंगै पाना चिट मूल उत्तरपुस्तिकामा स्टिच गर्न खोजेका थिए ।

सुर्खेतका भूपेन्द्र वलीले सुरुमा आफ्नो विवरण लेखेर परीक्षा दिएका थिए । तर, उत्तरपुस्तिका बुझाउँदा केरमेटर गरेर गणेश वलीको नाम लेखेको पाइएको छ । सोही ठाउँका गणेश वलीले भने उत्तरपुस्तिका केरमेट गरेर भूपेन्द्र वलीको नााम लेखेर उत्तरपुस्तिका बुझाएको पाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ९ : ०६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल