१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

महाशिवरात्रीमा पौवाका ११ वटै शाखा भजनमय



बुटवल । हिन्दु धर्मावलम्बीहरुको विशेष पर्व शिवरात्रीको अवसरमा होटल पौवा प्रालिले विशेष शुभकामना कार्यक्रम गरि मनाएको छ । पौवा ग्रुपले शिवरात्रिका अवसरमा पौवाका ११ वटा शाखामा भजनकिर्तन गरि मनाएका जनाएको छ ।

बुधबार सबै शाखामा महाशिवरात्री विशेष भजन कार्यक्रम तथा प्रसाद ग्रहण कार्यक्रम गरि मनाएको हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । यसैको झल्को दिने गरि पौवाले आफनो सबै शाखाहरुमा कार्यक्रम गरेको पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । उनले पौवाले नेपालको पर्यटन क्षेत्रको विकाससंगै सामाजिक उत्तरदायित्वमा समेत बहन गर्दै आएको बताए । ‘हामीले नेपाली संस्कृतीलाइ ब्राण्ड बनाउने र देशब्यापी संजालमा ब्यवसायलाई जोड्ने लक्ष्य अगाडी बढाएको छौ ।’– उनले भने ।

बुटवलसहित भैरहवा, रेसुङा, पाल्पा, गोरुसिङे, लमही, घोराही, भालुवाङ, जुम्ला, धनगढी, र चितवनमा कार्यक्रम गरिएको ज्ञवालीले बताए । होटलमा पाहुनाहरु भजन कृतन गर्दै रमाउदा निक्कै मजा भएको बताउँदै उनले भजनमा गाउने रमाउनुका साथै खिर, हलुवा र अचारको मिठो प्रसादी समेत वितरण गरिएको बताए ।

ब्रह्माले रुद्ररुपी शिवजीलाई उत्पन्न गरि शिव पार्वतीको विवाह भएकोे दिनलाई शिवरात्री पर्व मान्दै कृष्ण चतुर्दशीका दिन निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चना गरि मनाईन्छ ।

पौवाका अध्यक्ष दुर्गा भण्डारीले ऐतिहासिक, धार्मिक स्थलहरुको प्रचारप्रसारका साथै सास्कृतिक जर्गेना गर्ने लक्ष्यसहित पौवाले वर्षभरि विविध कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

पौवाले नेपालमा परम्परादेखि मनाइँदै आएको चाडपर्वहरुलाई मौलिकता प्रदान गर्दै मनाउँदै आएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : १७ बजे

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका