२० मंसिर २०८२, शनिबार | December 6, 2025

जाजरकोटमा १७० किलोवाटको सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने



जाजरकोट । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका-५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ ।

४१७ घरपरिवार लाभान्वित हुनेगरी मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गरे ।

जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखा लगायत गाउँ सोलारबाट विद्युतीकरण हुन लागेका हुन् ।

स्थानीय खड्कविक्रम शाहीले भने, ‘टुकीको भरमा थियौं, सोलार बत्ती आएपछि हामी खुसी छौँ ।’

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै नागरिकमा विद्युत पुर्‍याउन काम भइरहेको बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ८ : ०९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति