४ पुस २०८२, शुक्रबार | December 19, 2025

श्रीलंका जाने नेपाली क्रिकेट टोलीलाई बिदाई



काठमाडौं । श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । शुक्रबार क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गरेका हुन् ।

मार्च ७ देखी ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका रहेको छ । सोही प्रयोजनकालागि नेपाली टिम भोली (शनिबार) बिहान श्रीलंकातर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले उत्कृष्ठ खेल प्रदर्शनकालागि शुभकामना दिए । क्रिकेटबाट राज्यले धेरै अपेक्षा गरेको बताउँदै मन्त्री अथकले उत्कृष्ठ नतिजा प्राप्तीमा आफु ढुक्क रहेको समेत बताए ।

नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले नेपालकालागि अबको चुनौती भनेको एक दिवसिय मान्यतालाई जोगाउनु रहेको बताए । टिम कप्तान सन्दीप लामिछाने उत्कृष्ठ प्रदर्शनकालागि तयारी राम्रो रहेको र श्रीलंकामा हुने अभ्यास खेलले थप तयारीमा मद्धत पुग्ने बताए ।

शुक्रबार बिदाई गरीएको नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की समेटिएका छन । त्यसैगरी मुख्य प्रशिक्षक पुबुदु दशानायाके, सहायक प्रशिक्षक प्रकाश शर्मा, म्यानेजर कैलाश विष्ट, फिजियो बिक्रम न्यौपाने, एनालिस्ट रमण शिवाकोटी र ट्रेनर राज शर्मा समेत श्रीलंका जादैंछन ।

बिदाई कार्यक्रममा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ३२ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा