१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

आज राष्ट्रिय क्रिकेट टोली श्रीलंका जाँदै



काठमाडौं । आईसीसी विश्वकप लिग-२ को तयारीका लागि राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जाँदै छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको शुक्रबार नै विदाइ गरेको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरजंग गहतराजले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक टोलीलाई खादा लगाएर विदाइ गरेका हुन् ।

नेपालले मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । त्यसपछि लिग-२ खेल्न १४ मार्चमा त्यहिँबाट युएई प्रस्थान गर्नेछ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की छन् ।

त्यस्तै, मुख्य प्रशिक्षक पुबुदु दशानायाके, सहायक प्रशिक्षक प्रकाश शर्मा, म्यानेजर कैलाश विष्ट, फिजियो विक्रम न्यौपाने, एनालिस्ट रमण शिवाकोटी र ट्रेनर राज शर्मा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ७ : ३१ बजे

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र